जोडिनुहोस
  • होमपेज
  • मापसे गरेर होहल्ला गर्ने कार्यालय प्रमुख दाहाल प्रहरी निगरानीमा

मापसे गरेर होहल्ला गर्ने कार्यालय प्रमुख दाहाल प्रहरी निगरानीमा

काठमाडौँ । मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल प्रहरीको निगरानीमा रहेका छन् ।

मापसे गरेर होहल्ला गरेको, सर्वसाधारणलाई गाली गरेको भन्दै गुनासो आएपछि सोमबार प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले मापसे गरेका दाहाललाई उद्धार गरेर प्रहरी कार्यालय ल्याइएको र उनको निगरानी भइरहेको बताए ।

दाहालविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएकोले उनी पक्राउ भने नपरेको तर निगरानीमा भने राखिएको बताए । मापसे गरेर सम्हालिन नसक्ने अवस्थामा पुगेका दाहाललाई प्रहरीले गाडीमा हालिरहेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । भिडियो उनले सर्वसाधारणलाई गाली गरेको पनि देखिन्छ । दाहालले सोमबार बकर इदको सार्वजनिक बिदाका कारण कार्यालय बन्द भएपछि दिउसै मापसे गरेका थिए ।

उनले मापसे गरेर कसैलाई हानी पुर्याएको छ वा छैन भन्ने बारेमा बुझ्ने काम भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका