जोडिनुहोस
  • होमपेज
  • तनहुँमा जुवातास खेलिरहेका पाँचजना पक्राउ

तनहुँमा जुवातास खेलिरहेका पाँचजना पक्राउ

काठमाडौं । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनटोलका ३३ वर्षीय सुजनकुमार रानासहित पाँचजना छन् ।

स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ३१ हजार ६०५ रुपैयाँ र चार बुक ताससहित सोमबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका