![सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो](https://sagarmatha.tv/wp-content/uploads/2024/06/Gold-vs-silver-1715492029-1024x576.webp)
काठमाडौं । स्थानीय बजारमा सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हप्ताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।