जोडिनुहोस
  • होमपेज
  • १२ सयभन्दा बढीमा देखियो डेंगी संक्रमण, काठमाडौंमा सबैभन्दा धेरै

१२ सयभन्दा बढीमा देखियो डेंगी संक्रमण, काठमाडौंमा सबैभन्दा धेरै

काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगी संक्रमण देखिएको छ । ७२ जिल्लामा डेंगी फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा (१ देखि १८ जुनसम्म) देशभर १५९ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा ११२ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका