काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।