जोडिनुहोस
  • होमपेज
  • चिनियाँ र फिलिपिन्सका सेना भिडेपछि दक्षिण चीन सागरमा तनाव

चिनियाँ र फिलिपिन्सका सेना भिडेपछि दक्षिण चीन सागरमा तनाव

चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा यो भिडन्त भएको हो ।

यसक्रममा चिनियाँ सैनिकहरू फिलिपिन्स सेनासँग हतियारसहित झडपमा उत्रिएको बताइएको छ । यो झडपमा फिलिपिन्सका सेनातर्फ ठूलो क्षति भएको समाचार आएको छ । फिलिपिन्सका जनरल रोमियो ब्राउनरका अनुसार चीनका सैनिक तरबार, भाला र चक्कुसहित आएका थिए । चीनका सैनिकसँग फिलिपिन्सका सैनिकले केबल हातले मुकाबिला गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जनरलले चिनियाँ जहाजले फिलिपिन्सका डुंगामा ठक्कर दिएपछि त्यसमा रहेका हतियार पनि लगेको आरोप लगाएका छन्। ती जनरलका अनुसार चिनियाँ सैनिकको आक्रमणमा फिलिपिनो सैनिकको औँला नै काटिएको छ । तर उता चीनले यस घटनामा आफ्ना सैनिकलाई दोषी ठहराउन अस्वीकार गरेको छ । यी दुई देशले दक्षिण चीन सागरका विवादि टापुमा आफ्नो दाबी गर्दै आएका छन् । झडपको कारण पनि यिनै विवादित टापु भएका हुन् । फिलिपिन्सका नौसेना थोमस शोलमा तैनाथ सैनिकलाई आोश्यक सामग्री आपूर्ति गर्न गइरहेका थिए । त्यहीक्रममा चीनका सैनिकले आक्रमण गरेको दाबी उनीहरूको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका