जोडिनुहोस
  • होमपेज
  • परमाणु शक्ति सम्पन्न अमेरिकी लडाकु पानीजहाज दक्षिण कोरियामा

परमाणु शक्ति सम्पन्न अमेरिकी लडाकु पानीजहाज दक्षिण कोरियामा

परमाणु शक्ति सम्पन्न अमेरिकी लडाकु पानीजहाज दक्षिण कोरियाको बुसान सहर पुगेको छ । जापान, कोरिया र अमेरिका मिलेर गर्न लागेको संयुक्त सैन्य अभ्यासको लागि दर्जनौँ विमानसहितको थियोडोर रुजवेल्ट नामक पानीजहाज कोरिया पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तीन वटा राष्ट्रका नेता गएको वर्षको अगस्टमा भएको क्याम्प डेभिड शिखर सम्मेलनमा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्न सहमत भएका थिए । दक्षिणी चीन सागरमा चीनले आक्रमण व्यवहार देखाइरहेको भन्दै उनीहरुले यो समय नै अभ्यासको लागि उपयुक्त भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षमा पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दै त्यहाँका नेता किम जोङ–उनसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको दुई दिन नबित्दै परमाणु शक्ति सम्पन्न अमेरिकी जहाज दक्षिण कोरिया आउनुलाई महत्वका साथ हेरिएको छ । रुसले उत्तर कोरियासँग रक्षा सम्झौता गरेर एशियामा ठूलो उथलपुथल ल्याउन खोजेको पश्चिमा देशको ठहर छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका