जोडिनुहोस
  • होमपेज
  • विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔँ : सांसद दाहाल

विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔँ : सांसद दाहाल

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले अर्थतन्त्र सुधार्न प्रतिबद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिबद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी हुन् ।

सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको भन्दै उनले कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

“नेपाल सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्नको निम्ति गहिरो प्रतिबद्धता, योजना र कार्यान्वयनको आवश्यकता छ । अर्थतन्त्र तीन खम्बे अर्थनीति सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक छ,” उनले भनिन् ।

विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने उनको भनाइ छ । निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापनामा सहजता प्रदान गर्नुपर्ने भन्दै उनले लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका सकारात्मक योजनाहरुलाई निरन्तरता दिनुपर्ने बताइन् ।

वाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका