![भारतको आसाममा बाढीबाट ३४ जनाको मृत्यु, ६ लाख प्रभावित](https://sagarmatha.tv/wp-content/uploads/2024/07/afedg-1719909976-1024x576.jpg)
आसाम । भारतको आसाम राज्यमा बाढीबाट ३४ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
मुख्यमन्त्री हिमन्त विश्व शर्माले आउँदा केही दिन कतिपय जिल्लामा अझै पानी पर्ने सम्भावना रहेकाले अवस्था नाजुक भएको जनाएका छन् । सन् २०२२ मा पनि त्यहाँ बाढीबाट ४५ जनाको मृत्यु भएको थियो । ४० हजारभन्दा धेरै मानिस प्रभावित भएका थिए । बीबीसीबाट ।