जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्रीको प्रस्ताव पारित भएको घोषणा गरे । “प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु,” उनले भने ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्‌मा पेस गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका