जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • दक्षिण कोरियामा किम्ची खाएर हजार जना बिरामी

दक्षिण कोरियामा किम्ची खाएर हजार जना बिरामी

सोल । दक्षिण कोरियामा किम्ची खाएर हजार जना भन्दा धेरै अस्पतालमा भर्ना भएका छन् । नामवन सहरका अधिकारीहरूले बताएअनुसार शुक्रबार बिहान ९९६ जना बिरामी थिए । शनिबार मध्याह्नसम्म यो सङ्ख्या बढेर १ हजार २४ पुगेको थियो ।

विद्यालयको खाजामा किम्ची बाँडिएको थियो । सो किम्ची खाएर २४ विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई बान्ता आउने, पखाला लाग्ने पेट दुख्ने जस्ता समस्या देखिन थाल्यो ।

बुधबार देखि विद्यार्थीहरू बिरामी पर्न थालेका थिए । बुधबार १५३ रहेको यो सङ्ख्या बढेर बिहीबार ७४५ मा पुगेको थियो । किम्चीमा नोरोभाइरस पाइएको बताइएको छ ।

 

धेरै टिप्पणी गरिएका