जोडिनुहोस
  • होमपेज
  • समानुपातिक र समावेशिता हटाउने कुरा मान्य हुँदैन : महिन्द्र राय यादव

समानुपातिक र समावेशिता हटाउने कुरा मान्य हुँदैन : महिन्द्र राय यादव

काठमाडौं । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गर्ने विषय कुन उद्देश्यबाट आएको हो त्यसबारे स्पष्ट गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गरेका छन् ।

दुई दलीय सिस्टममा मुलुकलाई लैजाने गरी थ्रेसहोल्ड हटाउन लागेको भए त्यसले पार्ने प्रभाव ख्याल गर्न उनको आग्रह छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समानुपातिक र समावेशिता हटाउने कुरा आएको उल्लेख गर्दै यसमा असन्तुष्टि जनाए ।

संविधानको चार वटा पिल्लर भनेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता हो । अहिले समानुपातिक समावेशी हटाउने कुरा आएको छ । म ध्यानाकर्षण गराउन चाहन्छु– संविधान संशोधन सर्वदलीय, सर्वपक्षीय सहमति कायम गरियोस् । अन्यथा मान्य हुँदैन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका