जोडिनुहोस
  • होमपेज
  • सिंगापुरमा १६ प्रजातिका कीरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सिंगापुरमा १६ प्रजातिका कीरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका कीरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।

बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराको आपूर्ति र पालनपोषण गर्ने उद्योगका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल्लेख गरेको छ । खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने कीरा र विभिन्न प्रजातिका रेशमकीराहरूलाई राखिएको छ । सिंगापुर फुड एजेन्सी (एसएफए) ले मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले गाइडलाइन भने पालना गर्नुपर्ने छ ।

संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कीराहरूलाई मासुको विकल्पको रूपमा मान्दछ, किनभने तिनीहरूमा प्रोटिन उच्च हुन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help