जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभा बैठक: सांसद कार्कीले खोजिन् गृहमन्त्री

प्रतिनिधि सभा बैठक: सांसद कार्कीले खोजिन् गृहमन्त्री

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद् बैठकमा समेत नआएको भन्दै खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद् बैठकमा जानकारी गराउन माग गरिन् ।

यस्तै नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधानमन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएका बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका