जोडिनुहोस
  • होमपेज
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित गरेको छ । सार्वजनिक लेखा समितिले मंगलबार बोर्डलाई यो कम्पनीको आईपीओप्रति उठेका विषय स्पष्ट पार्न पत्र पठाएपछि अर्काे निर्णय नभएसम्म बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई भोलि (असार २७) गतेबाट आईपीओ निष्कासन गर्न लागेको थियो ।कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको थियो । लेखा समितिले सात दिनभित्र रिलायन्सको आईपीओका विषयमा स्पष्ट पार्न भनेको छ । समितिलाई जवाफ पठाएपछि मात्र प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्ड स्रोतको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका