जोडिनुहोस
  • होमपेज
  • २३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड

२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ । नेप्से १.०८ प्रतिशतले बढेर १२७५.४० विन्दुमा पुगेको छ ।

बुधबार नेप्से बढ्दा निर्जीवन बीमामा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार एकै दिन निर्जीवन बीमा समूह १४१.१६ अंकले बढेर ११ हजार ३०.३१ विन्दुमा पुगेको छ । समूहअन्र्तगत गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । बुधबार विकास बैंक समूहका लगानीकर्ताले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा पनि उछाल आएको छ । बुधबार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ । बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा बढी १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका