जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सांसद वैरागीले भने– अहिले देशमा सरकार हरायो

सांसद वैरागीले भने– अहिले देशमा सरकार हरायो

काठमाडौँ । नेकपा एमालेकाका सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले देश बाढी–पहिरोबाट आक्रान्त भएका बेला सरकार हराएको बताए ।

‘देशभर बाढी, पहिरो र चट्याङका कारण धेरै धनजनको क्षति भइरहेको छ । पोखरामा पहिरोले ११ जनाको ज्यान गएको छ। सामान्य उद्धार त भएको छ तर सरकारबाट समयमा राहत पुगेको छैन । आज बिहान मात्रै त्रिशूली नदीमा दुई वटा गाडीहरू खसेका छन् । अहिले सरकार छैन, एक किसिमले भन्दा यो बेला सरकार हराएको छ,’ उनले भने ।

यो विपत्ति आउने पूर्वानुमान हुँदा पनि सरकार नहुँदा समस्या भएको उनको भनाइ छ । ‘पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस भेटिएका छैनन् । प्राकृतिक विपत्ति आउने कुराको पूर्वानुमान हामीले दिएका थियौँ’, उनले भने, ‘सरकारको लापरबाहीले हिजो संसद् बस्न सकेन । अहिले देशमा सरकार छैन, जनताले त्यहीकारण दुःख पाए ।’

देशमा सरकार नहुँदा सम्बन्धित निकायबाट बाढी–पहिरो पीडित नागरिकले राहत नपाएको वैरागीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका