जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो

प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलमा बोल्दै उनले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबारे प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

‘किन आज प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला’, सांसद यादवले भने, ‘किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।’

सांसद यादवले सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नपर्नेमा जोड दिए । आदिवासी, जनजाति, मधेसी तथा पछाडि परेका समुदायको पक्षमा संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान संशोधनका लागि समर्थन गर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका