जोडिनुहोस
  • होमपेज
  • गाजामा इजरायली हमला, ९० जनाको मृत्यु

अन्तर्राष्ट्रिय

गाजामा इजरायली हमला, ९० जनाको मृत्यु

गाजामा इजरायली हमला, ९० जनाको मृत्यु

रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।

शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् । खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो । एक पत्रकार सम्मेलनमा नेतान्याहुले हमासका सबै वरिष्ठ नेताहरुको नामोनिशान मेटाउने कशम खाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका