जोडिनुहोस
  • होमपेज
  • बाढी पीडितलाई राहत दिन उपेन्द्र यादवको माग

बाढी पीडितलाई राहत दिन उपेन्द्र यादवको माग

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा बाढी र पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई राहतको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भातृ संगठनलाई अपिल पनि गरेका छन् ।

चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस तथा त्यसमा सवार यात्रुको खोजी कार्य अझै जारी छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका