जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा स्थगित गरिएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले सोमबार हुने भनिएको सभा राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते (सोमबार)का निम्ति त्रिवि सभा डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।

यसअघि, त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिवि सभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका