काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नयाँ सरकारमा दोस्रो वरीयतामा रहेका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहलाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाइएको छ । सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पछिको वरीयतामा सिंहले प्राप्त गरेका छन् । दुई जना उपप्रधान रहेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल उप्रधान मन्त्री बनेका छन् । मन्त्रिपरिषदमा उनको तेस्रो वरीयतामा छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली सहित २१ जना मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । नयाँ सरकारमा कांग्रेसबाट ९ जना मन्त्री बनेका छन् ।