जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)का लागि डीएसपी नवीन कार्कीलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख रहेका कार्कीलाई बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालय सरुवा गरेर पीएसओका रूपमा खटाएको हो । उनीसँगै प्रहरी निरीक्षक माधव केसी पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतका रूपमा खटाइएको छ । सल्यानबाट कार्कीलाई सरुवा गरिएपछि उनको ठाउँमा अर्का डीएसपी केशर न्यौपानेलाई पठाइएको छ । न्यौपाने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका