जोडिनुहोस
  • होमपेज
  • पहिरोमा पुरिएर दुईजनाको मृत्यु, एक गम्भीर घाइते

पहिरोमा पुरिएर दुईजनाको मृत्यु, एक गम्भीर घाइते

किमाथांका– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतीमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले राससलाई जानकारी दिए। पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतीमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका