जोडिनुहोस
  • होमपेज
  • संविधान र कानुनलाई शिरमा राखेर काम गर्छु महान्यायाधिवक्ता : बडाल

संविधान र कानुनलाई शिरमा राखेर काम गर्छु महान्यायाधिवक्ता : बडाल

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानुनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरू गर्ने छ । यो काम गर्दा हामीले शिरमा संविधान र कानुनलाई राख्छौँ । संविधान र कानुनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन ।’

उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहणसँगै पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ पनि गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका