जोडिनुहोस
  • होमपेज
  • मैले लोकतन्त्रका लागि गोली खाएँ : ट्रम्प

अन्तर्राष्ट्रिय

मैले लोकतन्त्रका लागि गोली खाएँ : ट्रम्प

मैले लोकतन्त्रका लागि गोली खाएँ : ट्रम्प

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बताएका छन् छन् । मिसीगणमा एउटा र्‍यालीमा बोल्ने क्रममा ट्रम्पले आफूमाथि भएको गोली प्रहारलाई औँल्याउँदै यस्तो बताएका हुन् ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । चुनावमा आफ्ना लागि मत जुटाउन ट्रम्पले व्यापक प्रचार प्रसार गरिरहेका छन् । र्‍यालीमा ट्रम्पसँगै रिपब्लिकन पार्टीका उपराष्ट्रपतिका उम्मेदवार जेडी भेन्स पनि थिए ।

आफूलाई डेमोक्रेट्सहरूले लोकतन्त्रका लागि खतरा बताइरहेको शुक्रबार ग्रान्ड र्यापिड्समा दर्शकले खचाखच भरिएको र्‍याली स्थलमा भने तालीका गड्गहाटबिच ट्रम्पले ह्वाइट हाउस फिर्ता लिन आफू तयार रहेको भनेका थिए । गत हप्ता डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

गोली ट्रम्पको कानलाई चुस्स छोएको गएको थियो । गत शनिबार रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशनमा उनी कानमा पट्टी लगाएर आइपुगेका थिए । मिसीगणको र्‍यालीमा भने उनको कानमा पट्टी थिएन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका