जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ

पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ

सिलगुडी । बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् । उनीसँगै नेपालीका ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो ।

उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो । दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् । टाइम्स अफ इन्डिया

प्रचलन खबर

धेरै टिप्पणी गरिएका