जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने

भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने

नयाँदिल्ली- भारत सरकाले युनियन बजेटमार्फत बिहार राज्यलाई विशेष प्राथमिकता दिएको छ । भारतीय बित्त मन्त्री निर्मला सीतारमणले म‌ंगलबार ल्याएको बजेटमा बिहारलाई विशेष प्राथमिकता दिइएको हो ।

बजेटमा बिहारको पिरपैन्तीमा २४ सय मेगावाटको बिजुली उत्पादनका लागि संयन्त्र निर्माण गरिने घोषणा गरिएको छ ।

२१ हजार ४०० करोडको लागतमा उक्त परियोजना निर्माण गरिने भएको छ । बिहारमा नयाँ विमानस्थल, मेडिकल कलेज र खेल संरचना निर्माणलाई ब्यापकता दिइने भएको छ ।

बहुपक्षीय विकास बैंकबाट बाहिरी सहयताका लागि बिहारको अनुरोधअनुसार काम गरिने भएको छ । वित्त मन्त्रीले बजेटमा बिहारको सडक-सम्पर्क परियोजनाका लागि २६ हजार करोड रुपैयाँ छुट्याएको जनाएकी छन् ।

यसबाट पटना-पूर्णिया एक्सप्रेस वे, बक्सर-भागलपुर एक्सप्रेस वेको पूर्वाधार बनाइने छ । बोधगया, राजगीर, वैशाली र दरभंगा सडक सम्पर्क परियोजना पनि बनाइने भएको छ ।

बक्सरमा गंगा नदीमाथि दुई लेनको एक अर्को पुल बनाइने भएको छ । बिहारमा नयाँ एयरपोर्ट, मेडिकल कलेज र खेलकुद संरचना निर्माणमा विशेष लगानी गरिने भएको छ । बिहार सरकारलाई बहुपक्षीय विकास बैंकबाट बाह्य सहायताका लागि तीव्र रुपमा काम गरिने भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका