जोडिनुहोस
  • होमपेज
  • हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार

हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार

मनाङ– जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा भएको छ । द क्याराभान जेभीले विसं २०७८ जेठमा जिल्ला प्रशासन कार्यालयलाई कारागारको स्वामित्व हस्तान्तरण गरे पनि प्रयोगमा भने आउन सकेको थिएन ।

कारागार हस्तान्तरण भएको तीन वर्षपछि यही साउन ७ गतेदेखि मात्रै सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार लामो समय हुँदासम्म कैदीबन्दीलाई साँघुरो ठाउँमा राखिएकामा मंगलबारदेखि मात्रै नयाँ भवनमा सारिएको छ ।

उनले भने, ‘विसं २०७८ जेठमा प्रशासनलाई कारागारको स्वामित्व हस्तान्तरण भएको हो, विसं २०७८ असार १ मा बाढीपहिरोको जोखिमले केही समय प्रयोगमा ल्याउन नसक्दा प्रयोगविहीन बन्यो, केही प्राविधिक कमजोरी र भवनमा प्रयोग भएका सामग्रीमा देखिएको त्रुटि सच्याएर प्रशासनको स्वामित्वमा आएको तीन वर्षपछि सञ्चालनमा ल्याएका छौँ ।’

हालैमात्र कारागारको नयाँ भवनमा कैदीबन्दी सारिएको उनले बताए। उनका अनुसार मनाङ कारागारमा रहेका सात कैदीबन्दीलाई मंगलबार नयाँ भवनमा सारिएको हो ।

कारागारको नयाँ भवनमा कैदीबन्दी सारिएसँगै प्रयोगविहीन भवन सञ्चालनमा आएको हो । विपद्का बेला केही समय प्रयोगमा ल्याएको भए पनि अरु समयमा भवन प्रयोगविहीन रहेको थियो । प्राविधिक त्रुटि देखाउँदै भवनमा प्रयोगमा ल्याउन ढिलाइ भएको कारागार प्रमुख रुद्र गुरुङले जानकारी दिए। उनले नयाँ कारागार भवन रु दुई करोडको लागतमा निर्माण गरिएको बताए। उनका अनुसार कारागारमा देखिएका समस्यामध्ये भवनमा प्रयोग गरिएका सिसा हटाइ काठ राख्ने र सुरक्षा पोष्ट व्यवस्थित गरी कैदीबन्दीलाई नयाँ भवनमा सारिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका