जोडिनुहोस
  • होमपेज
  • मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

एजेन्सी– मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु भएको छ ।

यस्तै एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ । घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख गरेको छ । यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो ।

मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help