जोडिनुहोस
  • होमपेज
  • जहाज पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत चाहिन्छ : पर्यटनमन्त्री पाण्डे

जहाज पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत चाहिन्छ :  पर्यटनमन्त्री पाण्डे

काठमाडौं– यही साउन ९ गते बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले संसद्लाई जानकारी दिएका छन् ।

आइतबार बसेको संसद् बैठकमा उक्त घटनाबारे जवाफ दिँदै पाण्डेले निष्पक्ष छानबिनका लागि जाँचबुझ आयोग बनिसकेको उल्लेख गरे । उनले उक्त दुर्घटनामा ज्यान गुमाएकामध्ये सबै १७ नेपालीका परिवारले शव बुझिसकेको बताए । यमनी नागरिकको मात्रै शव बुझ्न बाँकी रहेको उनले उल्लेख गरे ।

यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकोले नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको उनले बताए । सबै यात्रुको शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले ब्यहोरेको पनि उनले बताए ।

उनले अहिले सर्वसाधारणले अनुमानका आधारमा चर्चा गरे जस्तो वायुयान आफैं पुरानो नहुने बताए । ‘वायुयान आफैं पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत सम्भार भएपश्चात नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा मात्र उडान सञ्चालन हुने गर्छ’, उनले जवाफका क्रममा भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका