जोडिनुहोस
  • होमपेज
  • एमाले सचिवालय बैठक बिहीबार

एमाले सचिवालय बैठक बिहीबार

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आउँदो बिहीबार बस्ने भएको छ ।

उक्त बैठकबाट केन्द्रीय नेताहरूको कार्यविभाजन गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय छ । गएको असार २६ गते बसेको सचिवालय बैठकबाट पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरिएको थियो । सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आउँदो सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका