जोडिनुहोस
  • होमपेज
  • पेरिस ओलम्पिक : शीर्ष स्थानमा जापान कायमै, पछ्याउँदै फ्रान्स र चीन

पेरिस ओलम्पिक : शीर्ष स्थानमा जापान कायमै, पछ्याउँदै फ्रान्स र चीन

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को चौथो दिन पनि जापान पदक तालिकाको शीर्ष स्थानमा कायम छ । गएको शनिबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु ओलम्पिकमा जापानले हालसम्म ६ स्वर्णपदक जितेको छ । रजत र चार कास्यसहित जापानले कुल १२ पदक जितेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको फ्रान्सले पाँच स्वर्ण जितेको छ । फ्रान्सले आठ रजत र तीन कास्यसहित कुल १६ पदक जितेको छ । तेस्रो स्थानको चीनले पनि पाँच स्वर्ण, पाँच रजत र दुई कास्यसहित १२ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले पाँच स्वर्ण र चार रजतसहित नौ पदक जितेको छ ।

तालिकाको पाँचौँ स्थानमा दक्षिण कोरिया छ । दक्षिण कोरियाले पाँच स्वर्ण, तीन रजत र एक कास्यसहित नौ पदक जितेको छ । छैटौँ स्थानको अमेरिकाले तीन स्वर्ण, आठ रजत र नौ कास्यसहित २० पदक जितेको छ । सातौँ स्थानको बेलायतले दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित १० पदक जितेको छ ।

प्रतियोगिताको चौथो दिन आइपुग्दा १७ देशले स्वर्णपदक जितेका छन् । २४ देशले रजत र ३६ मुलुकले कास्यपदक जितेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका