जोडिनुहोस
  • होमपेज
  • श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेस सांसद हृदयराम थानीको असन्तुष्टि

श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेस सांसद हृदयराम थानीको असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए ।

उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला । तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’

उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका