जोडिनुहोस
  • होमपेज
  • शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधन

काठमाडौं । नेपाली संगीतका चर्चित एवं शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो । उपचारका लागि आर्थिक संकटको सामना गरिरहेका उनी उपचार गराउन नसकेर केही दिनअघि मात्रै काठमाडौंबाट सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित उनको निधनले नेपाली संगीत जगत दुःखी बनेको छ । उनी नेपाल मात्रै नभई भारतसहित अन्तर्राष्ट्रिय जगतमा परिचित थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका