जोडिनुहोस
  • होमपेज
  • चीनमा पुल भत्किँदा पाँचजना बेपत्ता

अन्तर्राष्ट्रिय

चीनमा पुल भत्किँदा पाँचजना बेपत्ता

चीनमा पुल भत्किँदा पाँचजना बेपत्ता

दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

‘बिहान ११ बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्’, सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ ।

‘हाल उद्धारकर्ताहरु घटनास्थलमा खटिएका छन्’, विज्ञप्तिमा भनिएको छ।

गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो ।

मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८ जनाको मृत्यु भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help