जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बंगलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै फेरि विद्यार्थी सडकमा

बंगलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै फेरि विद्यार्थी सडकमा

ढाका । बंगलादेशमा आजबाट विद्यार्थीहरूको अर्को चरणको आन्दोलन सुरु भएको छ । हालैको आरक्षणविरोधी आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजार पक्राउ गरिएको जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतले तल्लो अदालतको निर्णय उल्ट्याइसकेकोले आरक्षणविरोधी आन्दोलन यसअघि मत्थर भएको थियो । तर, त्यसक्रममा भएको हत्या र धरपकडलाई लिएर फेरि विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलनकारी विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका छन् । विद्यार्थीहरूले देशव्यापी रूपमा अवज्ञा आन्दोलन सुरु गर्दै जनतालाई ट्याक्स र युटिलिटिज बिल नतिर्न भनेका छन् । विद्यार्थीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न समेत आग्रह गरेका छन् । विद्यार्थी आन्दोलनका नेता नहिद इस्लामले शेख हसिनाले राजीनामा मात्रै होइन हत्या गरिएकोमा उनीमाथि अभियोजन समेत हुनुपर्ने जनाएका छन् । उनले लुट र भ्रष्टाचारको बारेमा पनि छानबिन गरिनुपर्ने जनाएका छन् । यसैबीच हसिनाको अवामी लिग पार्टीले पनि आज आइतबारबाट नै देशव्यापी प्रदर्शन गर्ने भएको छ । दुवै समूहबीच आगामी केही दिन हिंसात्मक वातावरण सिर्जना हुन सक्ने देखिएको छ । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका