जोडिनुहोस
  • होमपेज
  • युक्रेनले अमेरिकामा निर्मित एफ–१६ लडाकु विमानको प्रयोग शुरु गर्‍यो

युक्रेनले अमेरिकामा निर्मित एफ–१६ लडाकु विमानको प्रयोग शुरु गर्‍यो

युक्रेनले अमेरिकामा निर्मित एफ-१६ लडाकु विमानको प्रयोग शुरू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलटहरूले एफ(१६ लडाकु विमान उडान थालेका बताउनुभएको बेलायती पत्रिका ‘द गार्जियन’ ले जनाएको छ ।

युक्रेनले पहिलो पटक एफ-१६ लडाकु विमान प्राप्त गरेको हो । रुससँग युद्ध शुरू भएपछि अमेरिकामा निर्मित लडाकु विमान पर्खिरहेको युक्रेनले झन्डै २९ महिनापछि प्राप्त गरेको हो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना सहयोगी देशहरूलाई धन्यवाद दिँदै युक्रेनका लागि अझै धेरै यस्ता साधन चाहिएको बताउनुभएको छ । सोभियतकालीन विमानहरूमा निर्भर युक्रेनका लागि अमेरिकी विमान प्राप्त गर्नु युद्ध क्षमता बढाउने सन्दर्भमा महत्त्वपूर्ण हुने ठानिएको छ । राष्ट्रपति जेलेन्स्कीले कति वटा लडाकु विमान प्राप्त भए भन्नेबारे खुलाउनुभएको छैन ।

आउँदा महिनाहरूमा युक्रेनले थप एफ-१६ विमानहरू पाउने अपेक्षा गरिएको छ । यद्दपि जेलेन्स्कीले ती सबै लडाकु विमानहरू सञ्चालनका लागि दक्ष जनशक्ति नभएका बताउनुभएको खबरमा उल्लेख छ ।

एफ(१६ विमानमा रकेट, बम र क्षेप्यास्त्र बोक्ने क्षमता हुन्छ । यो विमान सबैभन्दा पहिले सन् १९७८ मा सार्वजनिक भएको थियो । यो विमानले युक्रेनी सेनालाई रुसले कब्जा गरेका क्षेत्रमा थप आक्रमण गर्न र सीमा क्षेत्रका रुसी भू-भागमा आक्रमण गर्न सहयोग पुग्ने छ । यस्ता विमानले रुसले प्रहार गर्नै विध्वंशकारी ‘ग्लाइड बम’ को प्रतिकार गर्न सहयोग पुर्‍याउन सक्ने पनि खबरमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका