जोडिनुहोस
  • होमपेज
  • सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम

सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ठूलो करेक्सन आएको छ । सत्ता समीकरणमा एमाले-कांग्रेस आउने चर्चासँगै बुल ट्रेन्डमा रहेको नेप्सेमा लामो समयपछि ठूलो करेक्सन आएको हो ।

मंगलबार एकै दिन नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्से आज एकै दिन ५.१८ प्रतिशतले घट्दा कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघिसम्म २१ अर्बको मात्र रेकर्ड रहेको थियो ।

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको नेप्से खुलेको केही समयमै घट्न थालेको थियो । बजार सुरु भएको १० मिनेटपछि भने नेप्से पुनः बढेको थियो । सोमबार २७९७ विन्दुमा बन्द भएको नेप्से आज भने २८ सयको विन्दु समेत पार गरेको थियो ।

११ः४२ सम्ममा नेप्से २ पटक २८ सयको विन्दु पार गरेकामा त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेको थियो । १ः४३ मा नेप्से २७ सयमा झरेर केही माथि जान खोजेको जस्तो देखिएपनि फेरी नेप्सेले ओरालो यात्रा नै तय गरेको थियो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि भने नेप्से झिनो अंकले माथि आएको थियो । मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका