जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसंघबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन

राष्ट्रसंघबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन

मानव अधिकारकर्मीको कडा विरोधको बीच राष्ट्रसंघका सदस्य राष्ट्रहले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् । न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेश गरिनेछ ।

अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ । रूसले सन् २०१७ मा गरेको प्रारम्भिक प्रयासपछि अमेरिका र युरोपेली विरोधको बीच यो समिति गठन गरिएको थियो । यो अभिसन्धि ४० सदस्य राष्ट्रले अनुमोदन भएपछि लागू हुनेछ । यसले बाल यौन दुर्व्यवहार, सम्पत्ती शुद्धिकरणलगायतका ुसाइबर अपराधुलाई प्रभावकारी रूपमा रोक्न प्रयास गर्नेछ ।

यो सन्धिले कम विकसित साइबर पूर्वाधार भएका देशलाई सहयोग गर्ने राष्टसंघले जनाएको छ । यस अभिसन्धिले राज्यले आफ्नो घरेलु कानून अन्तर्गत न्यूनतम चार वर्षको जेल सजायमा पनि अपराधको अनुसन्धान गरी अपराधसँग सम्बन्धित कुनै पनि इलेक्ट्रोनिक प्रमाणका लागि इन्टरनेट सेवा प्रदायकबाट डाटा प्राप्तिको लागि अनुरोध गर्नसक्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका