जोडिनुहोस
  • होमपेज
  • यस्तो छ भारतीय विदेश सचिव मिस्रीको भ्रमण तालिका

यस्तो छ भारतीय विदेश सचिव मिस्रीको भ्रमण तालिका

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्।

नेपालका परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आएका हुन्। विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हो।

विदेश सचिव मिस्रीले विमानस्थलबाट भारतीय दूतावास लैनचौर पुगेका छन्। त्यसपछि उनी २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र त्यसपछि ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्न जाने कार्यक्रम छ।

उनले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

आइतबार बेलुकी परराष्ट्र सचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रिभोज दिने छिन्। आइतबार ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि बेलुकी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका