जोडिनुहोस
  • होमपेज
  • रूसले भन्यो– युक्रेनी सेना देशको सीमाभन्दा ३० किमीभित्र आइसक्यो

रूसले भन्यो– युक्रेनी सेना देशको सीमाभन्दा ३० किमीभित्र आइसक्यो

युक्रेनको सेना रुसभित्र प्रवेश गरेको छ । सन् २०२२ फेब्रुअरीबाट युद्धरत युक्रेनी सेना हालैका दिनहरूमा रुसभित्र प्रवेश गरेको हो । रुसले युक्रेनको सेना आफ्नो देशको ३० किलोमिटर भित्रसम्म आइसकेको बताएको छ । जसलाई युक्रेनका तर्फबाट रूसमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ मानिएको छ । रूसको रक्षा मन्त्रालयले क्रुस्क क्षेत्रमा युक्रेनी सेनासँग सङ्घर्ष शुरू भएको ६ दिन पुगिसकेको जनाएको छ । मन्त्रालयलाई उद्धृत गर्दै टालपिनो र ओब्शची कोलोडेज गाउँमा रूस र युक्रेनका सैनिकबीच भिडन्त भएको बीबीसीले जनाएको छ ।

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले किभ युक्रेनको राजधानी ‘रूसमा शान्तिसँग बसिरहेका आमनागरिकलाई डराइरहेको’ आरोप लगाएकी छन् । युक्रेन के राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले गएराति देशवासीका नाममा सम्बोधन गर्दै पहिलो पटक रुसमाथि आक्रमण गरिएको स्वीकार गरेका छन् । उनले गर्मी याममा रूसले कुस्र्क क्षेत्रमा सीमापारी २ हजार पटक आक्रमण गरेको पनि बताए ।

जेलेन्स्कीले भने, ‘तोपखाना, मोर्टार र ड्रोन । हामीलाई मिसाइल आक्रमणका बारेमा पनि जानकारी छ । यस्तो अवस्थामा हरेक आक्रमणको उचित जवाफ दिनुपर्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका