जोडिनुहोस
  • होमपेज
  • विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

अन्तर्राष्ट्रिय

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

  • Sagarmatha TV
  • मङ्लबार, साउन २९, २०८१
विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

काठमाडौं । विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया आरबीआई ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८।५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ ।

आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको वृद्धिदर ५० प्रतिशत पुगेको जानकारी समेत दिएको छ ।

भारतीय समाचार संस्था एएननआईका अनुसार भारतमा ४ सय २८ लाख करोड भारतीय रुपैयाँ बराबरका १ खर्ब ६४ अर्ब पटक डिजिटल भुक्तानी भएका छन् ।

आरबीआईका अनुसार डिजिटल अर्थतन्त्रले भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सन् २०२६ सम्म यो दोब्बर हुने आरबीआईको अपेक्षा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका