जोडिनुहोस
  • होमपेज
  • पटक पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम

पटक पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले पटकपटक हुँदै आएका हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोल्ने क्रममा उनले हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेलखेलमा आहुती दिने विषय होइन,’ सांसद गौतमले भनिन्, ‘पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् ।’

उनले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन पनि यथाशक्य पहल गर्नसमेत माग गरिन् ।

‘सरकारले गम्भीरतापूर्वक यसलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन छिटोभन्दा छिटो पाइला चालोस्,’ गौतमले भनिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका