जोडिनुहोस
  • होमपेज
  • सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ । सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ ।

गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका