जोडिनुहोस
  • होमपेज
  • शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर

शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर

काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप मुद्दा दर्ता भएको छ ।

राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बङ्गलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको छ। शेख हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो।

बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन ।

अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन एफआईआर का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ । यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

मंगलबार अबु सईद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जना विरुद्ध यस्तै हत्याको मुद्दा दायर गरिएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk