जोडिनुहोस
  • होमपेज
  • मन्त्रीहरूको आलोचना गरी उत्तरदायी बनाउन सञ्चारमन्त्रीको सुझाव

मन्त्रीहरूको आलोचना गरी उत्तरदायी बनाउन सञ्चारमन्त्रीको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । काठमडौंमा शुक्रबार राष्ट्रिय समाचार समिति (रासस)को मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताए ।

सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको उनको भनाइ छ । मन्त्री सुब्बाले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च हुने गरेको भन्दै यस्तो अवस्थाले देश बन्न नसक्ने बताए ।

एनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको धारणा राखे । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको उनको भनाइ छ । मन्त्री गुरुङले भ्रष्टाचार र विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न आवश्यक रहेको बताए ।

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा उनको जोड छ । सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताए । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका