जोडिनुहोस
  • होमपेज
  • रूसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

रूसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

एजेन्सी । रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसी सन्चार माध्यमहले जनाएका छन् । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

त्यहाँबाट लावा पनि बाहिरिएको बताइएको छ । भूकम्प र ज्वालामुखीपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका