जोडिनुहोस
  • होमपेज
  • ३४.४७ अंकले घटेर २९६६ विन्दुमा ओर्लियो शेयर बजार

३४.४७ अंकले घटेर २९६६ विन्दुमा ओर्लियो शेयर बजार

काठमाडौं। शेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ।

साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ। अघिल्लो दिन ३ हजार अङ्कमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो।

दिनभर बजारमा तीव्र उतारचढाव देखियो। बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ। दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो। अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो।

४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो। बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०।४६ प्रतिशत बढे। विकास बैंक २.२५, फाइनान्स २ .७९, होटल तथा पर्यटन ४ .४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options