जोडिनुहोस
  • होमपेज
  • माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु भएको छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको पदाधिकारी बैठकले गरेको थियो ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक आजदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकोटाले बताए । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताइएको छ । सो बैठक भोलि बिहिबार सम्पन्न हुने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका